१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेपाली उत्पादन उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने



काठमाडौं । सरकारले समुन्नत अर्थतन्त्र विकासका लागि नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गर्ने गरिने जानकारी दिएकी हुन् ।

‘नेपाली उद्योग नेपालमै रोजागर, आफ्नै उत्पादन आफ्नै बजार’ नारासहित नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

सरकारले सबल अर्थतन्त्र निर्माणका लागि उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने लक्ष्य लिएको छ । त्यसका लागि उद्योगमैत्री र व्यवसायीमैत्री वातावरणको आधार तयार गर्ने सरकारले नीति लिने भएको छ ।

निजी क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापना र सञ्‍चालन गर्न प्रोत्साहित पनि गर्ने सरकारले जनाएको छ ।

कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औधोगिक प्रशोधन शृङ्खलासँग जोड्दै एकीकृत नमूना कार्यक्रम सञ्चालन गरिने आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

उनले ऊर्जा दक्षतासँगै नवीकरणीय ऊर्जाको उपयोगबाट हरित अर्थतन्त्रको विकास गर्न औधोगिक प्रबद्र्धन गर्ने पनि बताइन् ।

उनका अनुसार सरकारले तुलनात्मक लाभ भएको उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्योगलाई नवप्रबद्र्धन गर्ने छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ०२ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले