१ असार २०८३, सोमबार | June 15, 2026

पोखरा महानगर : कांग्रेस २३, एमाले नौ र स्वतन्त्र एक वडामा विजयी



पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ ।

महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यस पटक नेपाली कांग्रेसले अघिल्लो पटकभन्दा राम्रो सफलता हात पारेको छ । महानगर प्रमुख र उपप्रमुखमा केन्द्रबाट गठबन्धनको निर्णय भएर सोहीअनुसार उम्मेदवार उठाए पनि वडामा केहीमा तालमेल र केहीमा दलहरुबीच एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा ९एमाले०का मञ्जुदेवी गुरुङ विजयी भए

उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कोपिला रानाभाट पराजित भए पनि महानगर वडामा अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले दोब्बरभन्दा बढीले सफलता प्राप्त गरेको छ । वडामा कांग्रेस केहीमा एकल र केहीमा माओवादी केन्द्रलगायतका दलहरुसँग चुनावी तालमेल गरेर निर्वाचन लडेको थियो ।

विसं २०७४ को पहिलो स्थानीय तह सदस्य निर्वाचनमा महानगरका ११ वडा जितेको कांग्रेस यसपटक २३ वडामा विजयी हुँदा अघिल्लो पटक २२ वडा जितेको नेकपा (एमाले) भने नौ वडामा खुम्चिएको छ । एमालेले पहिला आफूले जितेका अधिकांश वडा गुमाउँदा कांग्रेसबाट एक वडामात्र खोस्न सफल भयो । पोखरामा स्वतन्त्र एक उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

कांग्रेसका तर्फबाट पोखरा वडा नं २ को वडाध्यक्षमा दिवसमान प्रधानाङ्ग, वडा नं ३ मा प्रकास उदास, वडा नं ४ मा देवकृष्ण पराजुली, वडा नं ७ मा राममोहन आचार्य, वडा नं ९ मा दीपेन्द्र मरासिनी, वडा नं १० मा राजेश गुरुङ, वडा नं ११ मा प्रेमप्रसाद कर्माचार्य, वडा नं १२ मा सन्तोष बास्तोला र वडा नं १३ मा किरण बराल निर्वाचित हुनुभएको छ ।

यसैगरी वडा नं १४ को वडाध्यक्षमा बोधराज कार्की, वडा नं १६ मा अमृत शर्मा तिमिल्सिना, वडा नं १८ मा शिवप्रसाद तिमिल्सिना, वडा नं १९ मा पुष्पेन्द्र पाण्डे, वडा नं २३ मा राजकाजी गुरुङ, वडा नं २४ मा भरतबहादुर अधिकारी, वडा नं २५ मा मोतिप्रसाद तिमिल्सिना, वडा नं २६ मा नरेन्द्र थापा, वडा नं २७ मा पूर्णकुमार गुरुङ, वडा नं २८ मा श्रीकृष्ण लामिछाने, वडा नं ३० मा दुर्गाप्रसाद सुवेदी, वडा नं ३१ मा ढकनाथ कँडेल, वडा नं ३२ मा अक्कलबहादुर कार्की र वडा नं ३० मा रामचन्द्र अधिकारी विजयी भए ।

एमालेका तर्फबाट पोखरा वडा नं १ मा साहारा प्रधान, वडा नं ५ मा विष्णुप्रसाद बराल, वडा नं ६ मा विष्णुबहादुर भट्टराई, वडा नं ८ मा रुद्रप्रसाद बराल, वडा नं १५ मा तोरण बानियाँ, वडा नं १७ मा राधिका शाही, वडा नं २० मा गङ्गा केसी, वडा नं २१ मा दीपकप्रसाद सुवेदी र वडा नं २९ मा श्रीप्रसाद गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरा–२२ मा भने स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भए । स्वतन्त्र उम्मेदवारी दिए पनि बराललाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले दलका तर्फबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरेका थिए । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : ५९ बजे

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

विश्वकप फटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा