१८ श्रावण २०८३, सोमबार | August 3, 2026

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमाले विजयी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।

एमालेका पूर्वजिल्लाअध्यक्षसमेत रहेका टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले उपमहानगर प्रमुखमा विजयी भए । उनले ३१ हजार ४ सय ८ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत ल्याए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरी २०७४ सालको निर्वाचनमा पनि प्रमुखमा पराजित भएका थिए ।

उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भइन् । उनले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत ल्याए ।

एमालेले तुलसीपुरका १० वटा वडामा जित निकालेकाे छ। जसमा वडा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ पर्छन् ।

कांग्रेसले ५, ७, ९, १४ र १७ तथा माओवादी केन्द्रले १, ४ र १२ वडा जित्दा वडा १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छ न्।

१० स्थानीय तह रहेकाे दाङमा तुलसीपुरको मतपरिणाम सबैभन्दा पछि आएको हो ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

२०५४ यता एमालेकै राज

तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित हुनुभएको थियो भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख थिए ।

त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन् । २०४९ सालमा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

तुलसीपुरलाई समृद्ध बनाउछु : खड्का

निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएका छन् । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताए । त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : १० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क