४ आश्विन २०८३, आइतबार | September 21, 2026

चुनावमा अन्तर्घात गर्नेको नामावली संकलन गर्दै जाजरकोट कांग्रेस



सुर्खेत । नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ ।

अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक सर्कुलर गरेर सातै वटा पालिकामा पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेको नामावली पठाउन भनिएको बताए ।

माओवादी केन्द्रले समेत पार्टीभित्र अन्तर्घातबारे छलफल सुरु गरेको छ । वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रमा समेत समीक्षाको सार पठाउन माओवादीले अन्तरिक सर्कुलर गरेको छ । जाजरकोटमा सबैभन्दा क्षति माओवादीलाई भएको छ ।

माओवादीले अध्यक्ष र मेयर उम्मेदवार पठाएको ठाउँमा कांग्रेसले सहयोग नगरेको माओवादी आरोप छ । छेडागाड नगरपालिका, कुशे र शिवालय गाउँपालिकामा कांग्रेसले जितेको छ । माओवादीले नलगाडमा मात्र मेयर जितेको छ ।

छेडागाडमा उपमेयर , शिवालयमा उपाध्यक्ष , बारेकोटमा उपाध्यक्ष माओवादीले जितेको छ । बारेकोटमा गठबन्धनको तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाह पराजित भए । बारेकोटमा एमालेका उम्मेदवार वीरबहादुर गिरी विजयी भए ।

जुनिचाँदेमा माओवादीको तर्फबाट गठबन्धनकी अध्यक्षको उम्मेदवार शिवा आचार्यलाइ हराएर एमालेका उम्मेदवार वेदबहादुर शाहीले जिते । भेरीमा गठबन्धनका तर्फबाट माओवादी तर्फबाट मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर एमालेका चन्द्रप्रकास घर्ती विजयी भएका थिए । उममेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसको तर्फबाट सीता जैसी विजयी भएकी थिइन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ७ : २७ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन