१ आश्विन २०८३, बिहिबार | September 17, 2026

१४ वर्षपछि राजस्थान रोयल्स आइपिएलको फाइनलमा प्रवेश



काठमाडौं । राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो ।

राजस्थान यसअघि सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

यसअघि अहमदावादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

अब राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ ।

राजस्थान दोस्रो पटक उपाधि जित्ने सोचमा हुँदा गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बन्ने दाउमा छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : १४ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको