४ आश्विन २०८३, आइतबार | September 21, 2026

गाईघाट-दिक्तेल सडकको अस्थायी बेलीब्रिज खोलिए



उदयपुर । सुनकोसी नदीको अस्थाई बेलीब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलीब्रिज हालै निकालिएको हो ।

दिक्तेल-गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाब बढ्न थालेकोले झिक्न सुरु गरिएको हो ।

सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा बेलिब्रिज जडान गरिएको थियो । गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बिहीबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत सात वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षायाम सुरु भएसँगै फोक्सिङटारको बेलीब्रिज निकाल्ने गरिन्छ । बेलीब्रिजको सामान खोलेर निकाल्न तीन चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट-दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात सात महिनाका लागि बन्द भएको छ ।

फोक्सिङटारको बेलिब्रिज निकालेपछि पुर्वी शहर जान–आउनका लागि खोटाङबासीलाई एक मात्र घुमाउरो बाटो दिक्तेल-हलेसी-जयराम-घुर्मी-कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ४५ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन