२९ असार २०८३, सोमबार | July 13, 2026

सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’ – गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने दाबी गरेका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिए ।

‘हरेक वर्ष बजेट आउनु अगाडि सरकाले नीति कार्यक्रम प्रस्तुत गर्छ । यही परम्परालाई ध्यान दिँदै कार्यक्रम आएको छ । कार्यक्रममार्फत अग्रगामी परिवर्तनलाई बाटो देखाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध गर्नुपर्ने थियो तर, नीति तथा कार्यक्रम चौबाटोमा बसेको बटुवा र कुहिरोको काग भएको छु, विष्टले भने ।

नीति तथा कार्यक्रम विद्यमान गम्भीर समस्या र चुनौतीहरूलाई सामना गर्ने सन्दर्भमा फितलो भएको उनको टिप्पणी छ । कार्यक्रमले अर्थतन्त्रमा देखिएको सङ्‍कटलाई समाधान गर्न नसक्ने दाबी गरे ।

स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको उनको आरोप छ ।

उनले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको पनि बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  २ : ०६ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका