१८ श्रावण २०८३, सोमबार | August 4, 2026

केरा खेतीमा बिचौलियाको मनलाग्दी मूल्य, केरा बेच्न किसानहरू आफै सडकमा उत्रिए



बारा । कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् । बिचैलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन् ।

केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा कहिनुभन्दा उनीहरू आफै आफै सडकमा पुगेर बेच्न थालेका छन् । गत चैतदेखिनै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजार पाउन नसकेको हाे । लागत मात्रै उठे पनि राहत मिल्ने भन्दा किसानहरू आफै सडक बेच्न बसेकाे किसान जितबहादुर लोप्चनले बताए ।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आसमा लगानी गरेका किसान अहिले निरास बनेका छन् । केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आईपुग्न लागेको निजगढ नगरपालिकाका किसानका खेतमा अहिले उब्जनी कम हुन थालेकाे छ ।

बिचाैलियाले दुई रुपैयाँप्रति कोसा केराकाे मूल्य दिने गरेका कारण घटामा रहेका किसानले आफैले बेच्दा राम्रै आम्दानी गरेकाे विनय राईले बताए ।

उखु खेती गर्दै आएका यहाँका किसानले चिनी मिलहरूले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेसानै परिवर्तन गरी केरा खेती थालेका थिए । निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायीक केरा खेती गर्दै आएका छन् ।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । प्रतिबिघाह दुईदेखि तीन लाखसम्म मुनाफा लिँदै आएका किसानले केराको मूल्य नपाएपछि चिन्तित बनेका हुन् ।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन् । केरा व्यापारीहरूले खेत बारीमै आएर किन्ने र हातहातै नगद पाईने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : १९ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क