१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केरा खेतीमा बिचौलियाको मनलाग्दी मूल्य, केरा बेच्न किसानहरू आफै सडकमा उत्रिए



बारा । कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् । बिचैलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन् ।

केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा कहिनुभन्दा उनीहरू आफै आफै सडकमा पुगेर बेच्न थालेका छन् । गत चैतदेखिनै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजार पाउन नसकेको हाे । लागत मात्रै उठे पनि राहत मिल्ने भन्दा किसानहरू आफै सडक बेच्न बसेकाे किसान जितबहादुर लोप्चनले बताए ।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आसमा लगानी गरेका किसान अहिले निरास बनेका छन् । केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आईपुग्न लागेको निजगढ नगरपालिकाका किसानका खेतमा अहिले उब्जनी कम हुन थालेकाे छ ।

बिचाैलियाले दुई रुपैयाँप्रति कोसा केराकाे मूल्य दिने गरेका कारण घटामा रहेका किसानले आफैले बेच्दा राम्रै आम्दानी गरेकाे विनय राईले बताए ।

उखु खेती गर्दै आएका यहाँका किसानले चिनी मिलहरूले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेसानै परिवर्तन गरी केरा खेती थालेका थिए । निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायीक केरा खेती गर्दै आएका छन् ।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । प्रतिबिघाह दुईदेखि तीन लाखसम्म मुनाफा लिँदै आएका किसानले केराको मूल्य नपाएपछि चिन्तित बनेका हुन् ।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन् । केरा व्यापारीहरूले खेत बारीमै आएर किन्ने र हातहातै नगद पाईने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम