११ असार २०८३, बिहिबार | June 25, 2026

जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस २०७९ विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ १५ एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रमको रुपमा युगौंयुगसम्म रहने बताए ।

उनले संविधानमा भएको व्यवस्था बमोजिमका मौलिक हकका विषय शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए ।

मुख्यमन्त्री केसीले गणतन्त्र नेपालको स्थापना नेपालीको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको र सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानुमा हामी सबै प्रदेशवासीको कर्तव्य र अधिकार रहेको बताए । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लङ्गिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको उनले बताए ।

मुख्यमन्त्री केसीले गणतन्त्रलाई जनताको जनजीविकाको उत्तम प्रणालीको रुपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गर्दै गणतन्त्रात्मक व्यवस्था एउटा गतिशील सुशासन कायम भएको व्यवस्था भएकोले यसलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : ०७ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार