१ माघ २०८२, बिहिबार | January 15, 2026

तारा एयरको विमान थासाङ–२ मा फेला



काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने ।स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको सेनाले पुष्टि गरेको छ । सेनाको टोलि भने घटनास्थल पुगिनसकेको प्रवक्ता सिलवालले बताएका छन् । ठुलो हेलिकप्टर जान नसक्ने भएकाले सानो हेलिकप्टर लिएर सेना घटनास्थल पुग्ने प्रयासमा रहेको उनले बताए ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ५२ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल