२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

तारा एयर दुर्घटना अपडेट : मृतकको शव संकलनपछि काठमाडौं ल्याइने



काठमाडौं । आइतबार बिहानदेखि वेपत्ता भएको तारा एयरको नाइन एन कलसाइनको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

दुर्घटनामा परेको सो विमानमा रहेका २२ जना यात्रुको मृत्यु भएको छ । मृतकमध्ये १० जनाको शव चिन्न सकिने अवस्थामा रहेको उद्दारमा संलग्न नेपाली सेनाले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सबैको शव संकलन कार्य जारी रहेको नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए । सुरक्षाकर्मीले यात्रुको शव संकलन, उनीहरुको सामानको संकलनको मुचुल्का तयार पारेपछि काठमाडौं ल्याइने छ ।

पोखराबाट जोमसोमका लागि उडान भरेको जहाज आज बिहान फेला परेको थियो । आइतबार बिहानदेखि सम्पर्कबिहीन जहाजलाई आज बिहान स्थानीय बासिन्दा र यार्सा टिप्न गएकाहरुले देखेपछि प्रशासनलाई खबर गरेका थिए । त्यसपछि कोवाङमा बसेको नेपाली सेना नेतृत्वको उद्दार कार्यदल घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : ५४ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको