१ माघ २०८२, बिहिबार | January 16, 2026

तारा एयर दुर्घटनाबारे छानविन गर्न सरकारद्वारा ५ सदस्यीय आयोग गठन



काठमाडौं । सरकारले मुस्ताङमा भएको तारा एयर दुर्घटनाको कारण पत्ता लगाउन छानविन आयोग गठन गरेको छ ।

आइतबार भएको जहाज दुर्घटनाको कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पाँच सदस्यीय आयोग गठन गरेको हो । समितिको अध्यक्ष तथा इन्चार्जमा वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन छन् । अन्य सदस्यहरुमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलार्य जहाज दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम जाँदै गरेको जहाज मुस्ताङको थासाङ २ को सानसुरे भन्ने स्थानमा दुर्घटनामा परेको थियो । सो जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा चालकदलका ३ जना सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक थिए ।

उद्दारमा संलग्न टोलीले मृतक सबैको शव संकलन गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : ३६ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल