२५ भदौ २०८३, बिहिबार | September 10, 2026

तारा एयर दुर्घटनाबारे छानविन गर्न सरकारद्वारा ५ सदस्यीय आयोग गठन



काठमाडौं । सरकारले मुस्ताङमा भएको तारा एयर दुर्घटनाको कारण पत्ता लगाउन छानविन आयोग गठन गरेको छ ।

आइतबार भएको जहाज दुर्घटनाको कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पाँच सदस्यीय आयोग गठन गरेको हो । समितिको अध्यक्ष तथा इन्चार्जमा वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन छन् । अन्य सदस्यहरुमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलार्य जहाज दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम जाँदै गरेको जहाज मुस्ताङको थासाङ २ को सानसुरे भन्ने स्थानमा दुर्घटनामा परेको थियो । सो जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा चालकदलका ३ जना सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक थिए ।

उद्दारमा संलग्न टोलीले मृतक सबैको शव संकलन गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : ३६ बजे

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका