६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीको देवदहमा २२ वर्षिया युवती बलात्कृत, बलात्कारको अभियोगमा १ जना पक्राउ



बुटवल । रूपन्देहीको देवदह नगरपालिकास्थित एक होटलमा २२ वर्षिया युवती माथि बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय हेम बहादुर घर्ती मगर लगायत ३ जनाले ती महिलालाई देवदह नगरपालिका–९ भलुहीस्थित होटलमा लगेको र हेम बहादुर घर्तीमगरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको अभियोगमा देवदह नगरपालिका–६ बस्ने ३४ वर्षीय हेमबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

आईतबार पक्राउ परेका घर्तीमगरलाई सोमबार जबरजस्ती करणी सम्बन्धी मुद्दा अदालतमा दायर गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका सूचना अधिकृत प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । प्रहरीले अनुसन्धानका क्रममा होटल सञ्चालकसहित दुई जनालाई पनि ल्याएर पछि छाडेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १० : २० बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,