२२ बैशाख २०८१, शनिबार | May 5, 2024

बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न



नेपालगञ्ज । बाँकेको चार स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन । सो नगरमा आठ कार्यपालिका सदस्य चयन गर्न मतदान भएको थियो । निर्वाचनमा कांग्रेसकी अमृताकुमारी सिंह, पुष्पा सिंह, सङ्गीता रेग्मी, जसपाकी शोभा खटिक, वसन्तकुमार कनोजिया र मोहम्मद मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाकी बीना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस र जसपाका तीन-तीन र राप्रपाका दुई जना निर्वाचित भएका छन् । निर्वाचनका लागि कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच गठबन्धन भएको थियो । यस्तै जसपा र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको थियो । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ । सो निर्वाचनमा दलित अल्पसङ्ख्यकबाट केशवराज दमाई, थानबहादुर विक विजयी भएका गाउँ कार्यपालिकाका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर विक र प्रदीपकुमार रजक थिए । गाउँ कार्यपालिकामा महिला सदस्यमा सुमित्राकुमारी थारू, गौत्राकुमारी डाँगी, यमकुमारी वली र राधिका सुनार निर्वाचित भएका छन ।

यसैगरी बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्णकुमारी विक, रुपा रावत र भूमिसरा राना हुन । उनीहरु अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका हुन ।

जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन । निर्वाचनमा कांग्रेसका उम्मेदवार कमलादेवी यादव, कान्ति काँदु, निर्मला हरिजन र रामअचल धोवी तथा माओवादी केन्द्रका तारावती खटिक र राजेन्द्र सिंह निर्वाचित भएका हुन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : २० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै