२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



चितवन । पूर्वी चितवनको खैरहनीमा कारको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका-४ घर भई हाल खैरहनी नगरपालिका-८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका-९ सिमलटाँडीमा गएराति भारतीय कारको ठक्करबाट घाइते भएका थिए । उनलाई तत्कालै पुरानो मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : ०८ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको