२२ मंसिर २०८२, सोमबार | December 8, 2025

देवस्थल मन्दिरको पुननिर्माण गर्न शिलन्यास



बुटवल । योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो ।

करीब ५१ लाख रुपैया लागतमा निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिकाबाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ ।

विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले मुल मन्दिरको विधिपुर्वक पुजापाठ गरि शिलन्यास गरेका छन । धर्मबाट मानिसलाई नियममा बाध्ने र सामाजिक बनाउने उनले बताए । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेल, बुटवल ११ का वडा सदस्य नहकुल शाहीलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।

बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल छ । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि ब्यवसायिक भवनका सटरहरु छन । यसैबिच समितिका पदाधिकारीहरुले स्थानिय पालिकामा निर्वाचित भएका बुटवल र तिलोत्तमा नगरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । यस क्षेत्रमा बगैचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए ।

कार्यक्रममा देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपाल, वरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा, कार्यक्रममा ई. नारायण बहादुर गुरुङले मानसिक शान्ति दिने रुपमा यो स्थानलाई विकास गराउनुपर्ने बताए । हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ५ : ०६ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब