२२ भदौ २०८३, सोमबार | September 7, 2026

देवस्थल मन्दिरको पुननिर्माण गर्न शिलन्यास



बुटवल । योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो ।

करीब ५१ लाख रुपैया लागतमा निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिकाबाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ ।

विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले मुल मन्दिरको विधिपुर्वक पुजापाठ गरि शिलन्यास गरेका छन । धर्मबाट मानिसलाई नियममा बाध्ने र सामाजिक बनाउने उनले बताए । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेल, बुटवल ११ का वडा सदस्य नहकुल शाहीलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।

बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल छ । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि ब्यवसायिक भवनका सटरहरु छन । यसैबिच समितिका पदाधिकारीहरुले स्थानिय पालिकामा निर्वाचित भएका बुटवल र तिलोत्तमा नगरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । यस क्षेत्रमा बगैचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए ।

कार्यक्रममा देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपाल, वरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा, कार्यक्रममा ई. नारायण बहादुर गुरुङले मानसिक शान्ति दिने रुपमा यो स्थानलाई विकास गराउनुपर्ने बताए । हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ५ : ०६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा