६ पुस २०८२, आइतबार | December 21, 2025

आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट : कतारलाई हराउँदै नेपालको विजयी सुरुवात



काठमाडौं । आईसीसी यु(१९ महिला टी(२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो ।

यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपाली टिमः

कृतिका मरासिनी ९कप्तान०, स्नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, अन्जली विक, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुसाल

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : ४२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा