१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मैत्रीपूर्ण फुटबलः नेपाल र ओमान भिड्दै



काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ ।

दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।

यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी हो । २-० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २-२ को बराबरी गर्न सफल भएको थियो ।

यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : ०४ बजे

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क