१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ



खलङ्गा । जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ ।

जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ ।

“सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,” उनले भने, “असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ ।” पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ ।

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । काठमाडौंलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ । यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ । पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कार्लीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कार्लीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ ।

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : १२ बजे

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्