५ पुस २०८२, शनिबार | December 20, 2025

विश्व साइकल दिवसमा बुटवलमा साइकल र्‍याली



बुटवल । बुटवलका साईकिलेहरुको अगुवाईमा बुटवलमा विश्व साइकल दिवस मनाइएको छ । दिवसको अवसरमा बृहत् सचेतनामुलक साईकल रयाली गरेर बुटवलमा विश्व साइकल दिवस मनाइएको हो ।

कालिका मानव ज्ञान मावि परिसरबाट शुरु भएको र्‍याली न्यु होराईजन चोक, तिनकुने, पारी बुटवल जलबिनायक, गोलपार्क, ट्राफिक चोक, रामनगर, बेशक्याम्प, राजमार्ग चौराहा, मणिग्राम हुँदै योगीकुटी पुगेर समापन गरिएको छ । रयालीमा सहभागी साएकिलर्सहरुको साइकलमा साइकल चलाऔं-वातावरण जोगाऔं, पृथ्वी तातिरहेको छ यसलाई रोक्ने एउटै उपाय साइकल जिवनशैली, सामाजिक एकताको अभियान-साइकल अभियान, पेट्रोल खपत र‍ोकौ-आफ्नो दैनिकीमा साइकलको प्रयोग बढाओं, हरियाली बढाऔं-साइकल चलाऔं, साइकलको चेन झै जोड्छ-साइकिलेहरुबिच भावनात्मक सम्बन्ध, नियमित साइकल चलाऔं-पेट्रोलको खर्चले घरधन्दा चलाऔं, साइकिलेको सुरक्षा-साइकल लेन आजको आवश्यकता जस्ता स्लोगनहरु सहितका प्लेकार्ड टाँसिएका थिए।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै सदस्य सचिव भट्टराईले खेल र मानव स्वस्थ्य एकअर्काको परिपुरक भएको बताए। खेलले एउटा ब्यक्तिलाई अनुसासन र स्वस्थ्य जिवनशैली जिउन सिकाउने दाबी गर्दै खेल भावना विकासमा लाग्न सुझाव दिए। साइक्लिङ खेललाई पर्यटनसंग जोड्ने गरि लुम्बिनीमा प्रदेश सरकारले योजना बनाएको भन्दै आगामी बजेटमा सम्बोधन गर्ने उनले बताए।

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले साइकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने गरि आफुहरु निरन्तर लागेको बताए। पेट्रोलियम पदार्थको कम खपतका लागि साईकल जिवनशैलि अपनाउन उपयुक्त हुने उनको सुझाव छ।

कार्यक्रममा रुपन्देही जिल्ला साइक्लिङ संघ, नवलपरासी साइक्लिङ संघ, बुटवल युनाईटेड साइक्लिङ क्लब, ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइकल ग्रुप, साइकल सिटि बुटवलका करीब एक सय जना साइकिलेहरु सहभागी भएको कार्यक्रमका संयोजक रबिलाल सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ८ : ३२ बजे

साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी