१९ बैशाख २०८१, बुधबार | May 2, 2024

चीनले अन्तरिक्ष स्टेसन निर्माणका लागि मानव यान पठाउँदै



बेइजिङ । चीनले आइतवार तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधूरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ ।

स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो । अन्तरिक्ष यात्रीहरुले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।

सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गर्न लागेको चीनको मानव अन्तरिक्ष निकायका अधिकारीले बताएका छन् ।

मिसन कमाण्डर चेन दोङको साथमा लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार हुनेछन् । ‘प्रक्षेपणको लागि सबै तयारीहरू पूरा भएका छन्’, अन्तरिक्ष निकायका अधिकारी लिन सिकियाङले भने । सेन्झोउ– १४ चार चालक दल मिसनमध्ये तेस्रो हुनेछ र कुल ११ मिसनमध्ये सातौं ।

सन् २०२१ मा तिआनहीको प्रक्षेपणपछि चीनले आफ्नो थ्री मोड्युल अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ०६ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी