२२ बैशाख २०८१, शनिबार | May 5, 2024

जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग



जुम्ला । जुम्लाका कृषकहरूले कर्णाली प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग गरेका छन् । जिल्लाका जडिबुटी कृषकहरूले संकलन गर्ने तर बाहिर पठाउदै आएको स्मरण गर्दै उनीहरुले जुम्लामै प्रशोधन केन्द्र हुनुपर्ने माग गरेका हुन् ।

संघीय सरकारले सरकारले आगामी आर्थिक वर्ष ०७९्०८० को बजेटमा प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडिबुटी कृषकहरूले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैमा अन्याय भएको गुनासो गरेका छन् ।

जुम्लाका बरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जडिबुटीको भण्डार मानिने जुम्लामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनको व्यवस्था गर्न नसक्नु दुखत खवर भएको बताए । उनले भने जुम्ला जस्तो ठाउमा जडिबुटी प्रशोधन केन्द्र नबनाइने सरकारको अविवेकी निर्णय भएको बताए ।

उनले थपे, ‘जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रविन्दु हो । यति हुँदाहुँदै पनि जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गर्ने चेष्टा नराख्नु नेतृत्वको पूर्वाग्रहबाहेक अरु के हुन सक्छ रु’ यसबारे सरकारले बेलैमा मनन् गर्नुपर्नेमा उनको जोड छ । उच्च मूल्य र विविधतायुक्त जडिबुटीको क्षेत्र माथिल्लो कर्णालीमा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गर्न सकेमात्र यहाँका नागरिकहरुको आर्थिक आयआर्जन र बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने उनको भनाई छ ।

सरकारले सकेसम्म भूगोल, हावापानी र जैविक विविधताका आधारमा सुर्खेत, जुम्ला र हुम्लामा समेत जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनुपर्ने बुढ्थापाले बताए ।

त्यस्तै, जडिबुटीको भण्डारका रुपमा परिचित जुम्ला पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्र एक तर प्रशोधन केन्द्र अर्को ठाउँ स्थापना गर्ने सरकारी प्रावधान उपयुक्त नभएको बताए । उनले भने, ‘अहिले पनि जडिबुटीबाट आउने राजश्व संघीय सरकारले उठाइरहेको छ । ’

अध्यक्ष बोहोराले अगाडि भने, ‘प्रशोधन केन्द्र स्थापना मात्र गरेर के हुन्छ रु ’ जुम्लामा प्रशोधन केन्द्र स्थापना गर्नुले जडिबुटी उत्पादन क्षेत्रका कृषकहरु लाभान्वित हुने र यहाँको बेरोजगार जनशक्तिलाई रोजगार दिन सकिने उनले बताए । उनका अनुसार जुम्लाका प्रशोधन केन्द्र स्थापनाको मागसहित डेलिगेसन जाने तयारी भइरहेको छ ।

त्यस्तै, कृषक नरबहादुर रावतले सुर्खेत र आसपासका जिल्लाका लागि जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिए पनि जुम्लाका लागि प्रशोधन केन्द्र अपरिहार्य भएको बताए । कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी तथा उत्पादनहरुको प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधनको केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने संघीय सरकारको योजनाको भने भने स्वागत गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १ : १० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै