१० चैत्र २०८२, मंगलबार | March 25, 2026

जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग



जुम्ला । जुम्लाका कृषकहरूले कर्णाली प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग गरेका छन् । जिल्लाका जडिबुटी कृषकहरूले संकलन गर्ने तर बाहिर पठाउदै आएको स्मरण गर्दै उनीहरुले जुम्लामै प्रशोधन केन्द्र हुनुपर्ने माग गरेका हुन् ।

संघीय सरकारले सरकारले आगामी आर्थिक वर्ष ०७९्०८० को बजेटमा प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडिबुटी कृषकहरूले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैमा अन्याय भएको गुनासो गरेका छन् ।

जुम्लाका बरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जडिबुटीको भण्डार मानिने जुम्लामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनको व्यवस्था गर्न नसक्नु दुखत खवर भएको बताए । उनले भने जुम्ला जस्तो ठाउमा जडिबुटी प्रशोधन केन्द्र नबनाइने सरकारको अविवेकी निर्णय भएको बताए ।

उनले थपे, ‘जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रविन्दु हो । यति हुँदाहुँदै पनि जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गर्ने चेष्टा नराख्नु नेतृत्वको पूर्वाग्रहबाहेक अरु के हुन सक्छ रु’ यसबारे सरकारले बेलैमा मनन् गर्नुपर्नेमा उनको जोड छ । उच्च मूल्य र विविधतायुक्त जडिबुटीको क्षेत्र माथिल्लो कर्णालीमा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गर्न सकेमात्र यहाँका नागरिकहरुको आर्थिक आयआर्जन र बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने उनको भनाई छ ।

सरकारले सकेसम्म भूगोल, हावापानी र जैविक विविधताका आधारमा सुर्खेत, जुम्ला र हुम्लामा समेत जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनुपर्ने बुढ्थापाले बताए ।

त्यस्तै, जडिबुटीको भण्डारका रुपमा परिचित जुम्ला पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्र एक तर प्रशोधन केन्द्र अर्को ठाउँ स्थापना गर्ने सरकारी प्रावधान उपयुक्त नभएको बताए । उनले भने, ‘अहिले पनि जडिबुटीबाट आउने राजश्व संघीय सरकारले उठाइरहेको छ । ’

अध्यक्ष बोहोराले अगाडि भने, ‘प्रशोधन केन्द्र स्थापना मात्र गरेर के हुन्छ रु ’ जुम्लामा प्रशोधन केन्द्र स्थापना गर्नुले जडिबुटी उत्पादन क्षेत्रका कृषकहरु लाभान्वित हुने र यहाँको बेरोजगार जनशक्तिलाई रोजगार दिन सकिने उनले बताए । उनका अनुसार जुम्लाका प्रशोधन केन्द्र स्थापनाको मागसहित डेलिगेसन जाने तयारी भइरहेको छ ।

त्यस्तै, कृषक नरबहादुर रावतले सुर्खेत र आसपासका जिल्लाका लागि जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिए पनि जुम्लाका लागि प्रशोधन केन्द्र अपरिहार्य भएको बताए । कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी तथा उत्पादनहरुको प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधनको केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने संघीय सरकारको योजनाको भने भने स्वागत गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १ : १० बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण