२९ असार २०८३, सोमबार | July 13, 2026

वंशवादलाई प्रसय दिँदा काठमाडौंका जनताले नेताको टाउकोमा लौरो बजारे : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन् ।

शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले काठमाडौं महानगर पालिकाको मेयरका लागि काँग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए । प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताए ।

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खडगी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारेपनि निर्णयकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए । नेपाली काँग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको दाबी गरे ।

पौडेलले भने ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । काँग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन । आउटेडेट भइसकेका थिए । अहिले काँग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए । मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन, उपमेयरमा राम्रो काम गरेकी थिइन । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन । भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । त्यस्तो अतितमा पनि भएको छ । त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो । त्यस्ता कुरा फेरि पनि दोहो¥याउने हो भने के हुन्छ भन्न सकिँदैन । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रुचाउने उम्मेदवार पार्टीले प्रश्तुत गर्नुपर्छ । पार्टी भन्दैमा जनताले मान्छन भनेर मूर्ख निर्णय गर्नु हुँदैन ।’

वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने जिकिर गरे । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनु पर्ने भन्दै उनले पुनः मूर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्नुनुहने बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ४० बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान