१४ पुस २०८२, सोमबार | December 29, 2025

आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् ।

पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराती साढे ९ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ११ : २३ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य