२६ असार २०८३, शुक्रबार | July 10, 2026

सुर्खेतमा एकैपटक १२ जना संक्रमित थपिए, क्वारेन्टाइनको जिम्मा सेनालाई दिन चिकित्सकको सुझाव



सुर्खेत । कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताउनुभएको छ ।

उहाका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।

डा. खड्काले कर्णालीको अवस्था भवावह बन्दै गएको भन्दै समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ९ : ३६ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी