२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरुको नामावली बालुवाटार पुग्यो



काठमाडौं । नेकपा एकीकृत समाजवादीले बहालवाला आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । नेकपा एकीकृत समाजवादीका नेता द्वय विजय पौडेल र प्रमेश हमालले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई नामावली बुझाएका हुन् ।

आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको बताइएको छ । एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीहरुमा मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीको नाम पठाइएको छ भने यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको नेकपा एकीकृत समाजवादीको उच्च स्रोतले जनाएको छ ।

यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ४ : ३३ बजे

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान