२६ बैशाख २०८१, बुधबार | May 8, 2024

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस-२०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण गरेको छ ।

विश्व वातावरण दिवसको सन्दर्भमा बैंकका कर्मचारीहरुको सहभागितामा चन्द्रागिरि नगरपालिका ३ सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवाप्रदानगर्दै आइरहेको ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ९ : ३९ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम