३ आश्विन २०८३, शनिबार | September 19, 2026

विङ्गर दुर्घटनामा १ जनाको मृत्यु, १० जना घाइते



सप्तरी । सप्तरीको रूपनी गाउँपालिका-५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३- ००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज-रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो ।

विङ्गर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका-१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा उनको गजेन्द्रनाराणि सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी-२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् ।

जिल्लाकै शम्भुनाथ नगरपालिका-६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर-११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका-१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिरहाको कर्जनहा नगरपालिका-८ का ३६ वर्षीय ओमनरायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटजामा परी घाइते भएका छन् ।

घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ४७ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज