२० श्रावण २०८३, बुधबार | August 5, 2026

बुटवल उपमहानगरको पहिलो कार्यपालिका बैठक : प्रशासनिक भवन सफाई गर्न ठेक्का, १६ हजार सुकुम्बासीले स-शुल्क निस्सा



बुटवल । बुटवल उपमहानगरको सबैभन्दा ठुलो वडाकारुपमा रहेको वडा नम्बर ११ को वडा कार्यालय परिषरमा बिपी-पुष्पलाल पार्क बन्ने भएको छ । नगर कार्यसमितिको आज बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता स्व.बिपी कोईराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृर्तिमा पार्क बनाउने निर्णय गरेको हो ।

बैठकको निर्णयका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पहिलो बैठकले बुटवल उपमहानगरको ११ नम्बर वडा कार्यालय रहेको खाली स्थानमा बिपी पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको जानकारी दिए । उनले उपमहानगर भित्र रहेका करिव १६ हजार भुमिहिन सुकुम्बासीहरुलाई बसोबासको निस्सा दिने निर्णय गरेको जानकारी दिए ।

पाण्डेले उपमहानगरको नवनिर्मित प्रशासनिक भवनको सरसफाई पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाईका लागि टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय भएको पनि जनाए । उनले आफ्नो प्रतिवद्धता अनुरुप ज्योतिनगरको पहिरो नियन्त्रणको काम सुरु भइसकेको बताउँदै पाल्पाको बाटो हुँदै पहिरो पन्छाउने साधन डाँडा मागि पु¥याईएको र पानीको बहाव सिद्धबाबा तर्फ फर्काउने काम भइरहेको जानकारी दिए ।

बैठकले उपमहानगरका बिभिन्न विषयमा ११ वटा उपसमिति गठन गरेको नगर प्रमुख पाण्डेले जानकारी दिए ।

बैठकबाट सार्वजानिक सेवा तथा क्षेमता विकास उपसमिति संयोजकमा पदम गाहा, सामाजिक विकास उपसमिति संयोजकमा प्रदिप श्रेष्ठ, आर्थिक विकास उपसमिति संयोजकमा डिल्ली शर्मा आचार्य, पूर्वाधार विकास समितिमा नारायणसिंह पुन, वातावरण तथा विपद व्यवस्थापन संयोजकमा रामचन्द्र क्षेत्री, बिधेयक समिति संयोजकमा नरेन्द्र बस्नेत, उपप्रमुख संयोजक रहेको राजश्व परामर्श समिति सदस्यहरुमा नरेश्वर पौडेल र बसन्ती बिक, जाँचपास तथा फरफारक समिति संयोजकमा हरि श्रेष्ठलाई चयन भएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १२ : ५८ बजे

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल