७ पुस २०८२, सोमबार | December 22, 2025

सिमान्तकृत एकल महिलाहरुका लागि ३ दिने तालिम



बुटवल । बुटवल उपमहानगरपालिका भित्र रहेका सिमान्तकृत एकल महिलाहरुलाइ ३ दिने अभिमुखिकरण तालिम शुरु भएको छ । कुर्बे किस्ट्रो परियोजनाको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समुहको आयोजनामा नगरका एकल महिलाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको समुहका प्रदेश अध्यक्ष जानकी घिमिरेले बताईन ।

कार्यक्रममा सिमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिका लागि समेत सीप र रोजगार दिने बारे समेत छलफलहरु भएको उनले बताईन । बुटवल उपमहानगरपालिकाका २१ जना एकल महिलाहरु सहभागी अभिखिकरण कार्यक्रममा नेतृत्व विकास प्राथमिकतामा राखिएको उनले बताईन ।

समुहका सचिव रिता सेनले परियोजना अन्तरगत पालिकाका सबै वडाहरुमा समुह गठन, जनप्रतिनिधिसंग अन्तरक्रिया लगायत कार्यक्रम गरेको बताईन । सिमान्तकृत एकल महिलाहरुको सचेतनामुलक सडक नाटक, तालिम तथा अभिमुखिकरण लगायत कार्यक्रम गरिने उनले बताईन ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा अधिकारी, जिल्ला सदस्य माया दर्नाल, नगर अध्यक्ष पवित्रा खनालले अझ प्रभावकारी र नविनतम योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : ४४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८