२६ बैशाख २०८१, बुधबार | May 8, 2024

जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ



धनगढी । धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६ हजारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी–१ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी–७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी–७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेका छन् ।

पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ११ : ४४ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक