२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतबाट फर्किआउनेले संक्रमण बढाए : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्ता लगाउन प्रदेशमा फ्रिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनुभएको छ ।
मंगलवार प्रदेश ५ को प्रदेश सभामा वोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको बताउनु भयो । उहांले नेपालका क्वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या क्वारेन्टाईनामा राखेको दाबी गर्दै सिँगो नेपालमा रहेको क्वारेन्टाइनको क्षमतामा प्रदेश ५ अब्वल रहेको बताउनु भयो

प्रदेश पाँचमा क्वारेन्टाईमा रहेको व्यक्तिको मुत्यु र क्वारेन्टाईनमा रहेकाहरु भागिरहेको अवस्थाका बिषयमा भने मुख्यमन्त्री पोखरेलले बोल्नु भएन ।

उहांले भारतवाट आएकावाट प्रदेशमा कोरोना संक्रमित बढेको बताउंदै भारतबाट आएकाहरु कै कारण संक्रमितको संख्या बढेको बताउनु भयो ।
प्रदेशमा भारतवाट आएका र तिनको व्यवस्थापनमा लागेकाहरुलाई कोरोना संक्रमित देखिएको उहांको भनाई थियो ।
प्रदेशमा कोरोना संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिने तर स्वाब परिक्षण पोजेटिभ आउने गरेकाले पनि चुनौति थपिएको पोखरेलले बताउनुभयो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मन्त्री पोखरेलले यो वर्ष वजेटमा नयाँ कार्यक्रम ल्याउने भन्दा पनि वर्तमान असहज परिस्थितीलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्दित रहने जानकारी दिनुभयो । उहांले प्रदेशमा कोभिड १९ को परिक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आईसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरि कार्य भैरहेको जानकारी गराउनुभयो ।

बैठकमा उद्योग मन्त्री लिला गिरीले वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । अर्को बैठक बुधवार बस्नेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ६ : २९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले