१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भैरहवामा ८ किलो गाँजासहित युवक पक्राउ



भैरहवा । रुपन्देहीको भैरहवामा अबैध गाजाको कारोबार हुने गरेको खुलेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयले व्यवसायिक रुपमा गाजाको कारोबार गर्ने युवालाई पक्राउ गरेसँगै भैरहवा पनि यसबाट अछुतो नरहेको पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार साढे ४ बजे करिब ८ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय अभिषेक थापा मगरले लागुऔषध गाँजा कारोवार गरेको भन्ने गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरेको हो ।

प्रहरी टोलीले घरकोठा र शरिर खानतलासी गर्दा थापा बस्ने दुई कोठे टहरे घरको उत्तरतर्फको कोठभित्र दुई वटा निलो प्लाष्टिक र एक वटा रातो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थलाई बरामद गरेको छ ।

त्यस्तै, सोही कोठामा पहेलो प्लाष्टिकमा पोको पारी राखेको ३ केजी १५० ग्राम गाजा, सानो डिजिटल मेसिन (तराजुं) १ थान, नेपाली नोट जम्मा १ हजार ७२० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए ।

अर्को कोठाभित्र रहेको स्टिल दराजभित्र लुकाई राखेको अवस्थामा निलो प्लाष्टिकमा ८ सय ग्राम गाँजा भेट्टिएको थियो भने गाजालाई छुट्टाछुट्टै पोको पारी बिक्री गर्ने अवस्थामा राखिएको र सोही दराजभित्र सेतो प्लाष्टिक ५० थानसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : २९ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले