१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भैरहवाको एक होटल बाहिर युवा मृत फेला



भैरहवा । होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् ।

भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो ।

मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।

सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : ३१ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।