३ आश्विन २०८३, शनिबार | September 19, 2026

भैरहवाको एक होटल बाहिर युवा मृत फेला



भैरहवा । होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् ।

भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो ।

मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।

सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : ३१ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय