६ पुस २०८२, आइतबार | December 21, 2025

लिग-२ मा नेपाल र अमेरिकाले खेले बराबरी



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिका बीचको खेल बराबरीमा टुंगिएको छ ।

गएराति अमेरिकामा भएको खेलमा नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो । अमेरिकाका लागि स्टेभन टेलरले शतक प्रहार गरे । उनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै, मोनांक पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन बनाए ।

नेपालका लागि मोहम्मद आदिल आलमले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्थ शतक प्रहार गरे ।

पौडेलले ६२, शेखले ६१ र खनालले ५४ रन बनाए । त्यस्तै, मोहम्मद आदिल आलमले ३६, कुशल भुर्तेलले १९ र सन्दीप लामिछानेले १० रन बनाए ।

देव खनाल प्लेयर अफ द म्याच भए । उनले २४ बलमा ३६ प्रहार गरेका थिए भने ९ ओभरमा ४५ रन खर्चेर तीन विकेट लिएका थिए ।

यो खेलमा नेपाल र अमेरिकाले एक-एक अंक बाँडेका छन् । योसँगै नेपालको १३ अंक भएको छ भने अमेरिकाको २१ अंक भएको छ ।

अमेरिका भ्रमणका क्रममा नेपालले अर्को खेल मंगलबार ओमनसँग तेस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ०७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा