२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पोखरा महानगरले सडकका खाल्डा पुर्न थाल्यो



पोखरा । पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।

३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलिहिड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पु-याउन थालिएको छ ।
शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डा परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो ।

गुरुङका अनुसार खाल्डा परेको थाहा पाएपछि तीनदिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो । ‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौं,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौं ।’ शनिबार पोखरा वडा नम्बर ५ का विभिन्न सडकको खाल्डा पुरिएको छ ।

कालोपत्रे गर्ने अलकत्रा बनाउन भने समस्या छ । त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सव इन्जिनियर नेत्र तिमिल्सीना बताउँछन् । ‘खाल्डा पुर्ने काम सजिलो छैन । हेर्दा सानो भएपनि काम निकै कष्टपूर्ण छ । अलकत्रा जतापायो त्यहिँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदुषण हुन दिन पनि भएन । झण्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ । त्यसको खोजीमा महानगर लागेको छ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई