१७ बैशाख २०८१, सोमबार | April 29, 2024

चितुवाको आक्रमणबाट बालिका घाइते



दमौली । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : १३ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको