२९ असार २०८३, सोमबार | July 13, 2026

जिसस बारामा गठबन्धनलाई हराउँदै एमाले विजयी



बारा । बारा जिल्ला समन्वय समितिमा नेकपा ९एमाले०को र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जिल्ला जिल्ला समन्वय समिति प्रमुखमा एमालेबाट उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित भएका हुन् ।

साह कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्पसंख्यक सदस्य हुन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी चण्डिका सापकोटाले १७ मत प्राप्त गरी विजयी भएकी छन् । सापकोटाको प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पवनकुमार व्याहुतले १५ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित चण्डिका गत स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका( ९ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दल र एमाले लोसपा बीच तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले एकता गरेपछि जसपा र विवेकशील साँझा पार्टी निर्णायक बनेका थिए । सबैभन्दा बढी पालिकामा जितेर जिल्लामा पहिलो बनेको नेकपा एमालेले जसपा र विवेकशीलसंग एकताको प्रयास भए पनि अन्त्यमा हुन भने सकेको थिएन ।

समन्वय समितिको निर्वाचनमा एमालेसँग ११ मत, नेपाली कांग्रेससँग ८ मत, लोसपासँग ६ मत, जसपासँग ४ मत, विकेकशील साझासँग २ मत, माओवादी केन्द्रसँग १ मत थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : २५ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि बेवारिसे गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार