१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपालले भारतमा बिद्युत बेचेको खबर रुपन्देहीका उद्योगीका लागि पीडा बन्दै



बुटवल । प्रदेश सरकारले संबिधानमै नभएको व्यवस्थाबाट बुटवल(रुपन्देही)लाई आर्थिक राजधानी बनाउने गफ दिएपनि रुपन्देहीमा वर्षौंदेखि उद्योग संचालन गर्दै आएका उद्योगीहरु भने तालाचाबी सरकारलाई बुझाएर हातबाँधेर बस्ने तयारीमा छन् ।

राजधानी बुटवलबाट भालुवाङ लैजानेबेलामा एमाले नेताहरुले र प्रदेश सरकारको नेतृत्व गरेपछि गठबनधनका नेताहरुले बुटवललाई आर्थिक राधानी बनाउने गफ दिइरहेका छन् । संचालनमा रहेका उद्योगहरुलाई विद्युतको उचित व्यवस्थापन गर्न नसक्ने नेताहरुले आर्थिक राजधानी बनाउने भन्दै दिएको गफ भने केवल गफमै सिमित हुने देखिएको छ ।

विद्युत पर्याप्त उत्पादन भएको र भारतलाई बेच्न सफल भएको भन्दै विद्युत प्राधिकरणले विज्ञप्तिको ओईरो लगाएपनि लुम्बिनी क्षेत्रका स्वदेशी उद्योगीहरु दैनिक २०–२२ पटक हुने विद्युत ट्रिपिङको समस्या झेल्न बाध्य छन् । लुम्बिनी क्षेत्रका उद्योगमा लगातार ५ महिनादेखि ट्रिपिङको समस्या देखिँदा उद्योग धराशायी हुने अवस्थामा पुगेको उद्योगीहरुको गुनासो छ ।

पश्चिमाञ्चल सिमेन्ट उद्योग महासंघका अध्यक्ष तथा नेपाल अम्बुजा उद्योगका डाईरेक्टर ऋषिकेश अग्रवालले पछिल्लो पाँच महिनादेखि नियमित विद्युत नआउने र आएपनि दर्जनौ पटक ट्रिपिङको समस्या भएको बताउँछन् । नेपालले देशमा उत्पादन गरेको विद्युत भारत निर्यात गर्ने तर आफनै देशका उद्योग भने विद्युत अभावमा धराशायी हुने अवस्था आएको उनको गुनासो छ । ‘हामीसंग अब उद्योग बन्द गर्नुको बिकल्प छैन,’ खबरकुरासँग अग्रवालले भने ।

मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रदेश बुटवलमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका उनले चित्त बुझदो समाधानको उपाय पाउन नसकेको दुखेसो गरे । कार्यालयका प्रमुखबाट सन्तोषजनक जवाफ नपाएको भन्दै ग्रिड, वितरण शाखा आफनो क्षेत्रमा नपर्ने, उद्योगमा विद्युत वितरण आफनो क्षेत्रमा नपर्ने जस्ता गैर जिम्मेवार जवाफ पाएको उनले दुखेसो गरे ।

यता पश्चिमाञ्चल सिमेन्ट उद्योग महासंघका सचिव तथा जगदम्बा सिमेन्टका महाप्रबन्धक बिदुर ढुगानाले केही महिनादेखि लुम्बिनी क्षेत्रका उद्योगमा विद्युत आपुर्ति नियमित नभएको बताए । दैनिक ट्रिपिङ भैरहने र गुणस्तीय विद्युत आपुर्ति नहुदा त्यसले उद्योगको उत्पादनमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको उनले बताए । उद्योगीहरुको समस्याप्रति सरकार गम्भिर नदेखिएको भन्दै उनले उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताए ।

जगदम्बा स्पीनिङ मिलका डाइरेक्टर चिरन्जीवी रायमाझीले दैनिक रुपमा अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत ४ घण्टाभन्दा बढी नआउने गरेको बताए । ‘हामी लोडसेडिङको तालिका स्वीकार गर्न तयार छौ ।’– उनले भने । आफुहरुको उद्योग विद्युतको समस्या झेलिरहेको बेला भारतलाई विद्युत बेच्ने जस्ता प्रचारका काम बन्द गर्न उनले सुझाव दिए ।

ध्यानाकषणपत्र बुझाउन बुटवलका आएका रिलायन्स सिमेन्टका डाईरेक्टर ऋषी पन्सारील् बिहान ८ बजेदेखि दिउँसो पौने १२ बजेसम्म ५ पटक ट्रिपिङ भएको सुनाए । कर्मचारीलाई ग्रिड कार्यालयबाट लोड कम गर्न निर्देशन भएको पनि उनले दुखेसो गरे ।

पछिल्लो समय उद्योगहरुका लागि वितरण गरिएको वितरण प्रणालीबाटै ८५ एम्पियर विद्युत अन्तराष्ट्रिय बिमानस्थलमा विद्युत जडान गरिदा उद्योगहरुमा समस्या देखिएको उद्योगीहरुको गुनासो छ ।

लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज ओझाले गर्मीका कारण ग्राहस्थ लोड बढ्दा समग्र विद्युत आपुर्तिमा समस्या उत्पन्न भएको बताए । यो क्षेत्रमा भरतपुरबाट आउने सिगल सर्किट लाईनको कारण ल्याउन नमिल्ने र केवल कालिगण्डकी विद्युत उत्पादनको मात्र लाईनले माग पुरा गर्न नसकिरहेको उनले बताए ।

कतै समस्या आईपरे पुरै क्षेत्रको लाईन जाने र बढी ट्रिपिङ हुने गरेको उनले बताए । वर्षाको समय हावाहुरी चल्ने, रुखहरु ढल्ने जस्ता कारणले पनि ट्रिपिङ बढी भएको उनको दाबी छ । बुटवल भैरहवा क्षेत्रमा करीब २ सय एमपिए माग हुने गरेको भन्दै प्रत्येक वर्ष करीब १० प्रतिशत माग बढ्ने गरेको बताए । बढ्दो मागलाई ध्यान दिएर प्राधिकरणले पुर्वाधार विकासमा जोड दिएको उनले बताए । मैनहवामा ९० एमबीएको सब स्टेशनको निमार्ण अन्तिम चरणमा रहेको यसैगरि ३३ केभिएको लाईन बिस्तारसमेत चलेको उनले जानकारी दिए । ओझाका अनुसार परासीमा ८ वटा, तौलिहवामा २ वटा, मैनहवामा ६ वटा गरि पुर्वाधारको काम जारी रहेको छ । यस क्षेत्रलाई मात्र लक्षित गर्दै प्राधिकरणले २०/२५ मेघावाट विद्युत थप्ने तयारीमा रहेको छ ।

हाल लुम्बिनी क्षेत्रमा ११ वटा सिमेन्ट उद्योग, २ वटा रोनिङ मिल, २ वटा तेल मिल, १ वटा मैदा मिल, २ वटा धागो उद्योग, १ प्लाईउड उद्योगहरु रहेका छन ।

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : २१ बजे

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।