२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संकटमा पाक अर्थतन्त्रः सर्वसाधारणलाई कम चिया पिउन सुझाव



इस्लामाबाद । पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।

एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’

चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतमा जस्तै पाकिस्तानमा पनि चिया पारखीको ठूलो जनसंख्या छ । पाकिस्तान अहिले ठूलो विपत्तिको किनारमा छ । आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेको छ ।

पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकी स्वार्थ बमोजिम सरकार गठन भएको भन्दै पूर्वप्रधानमन्त्री इमरान खानले केही सातादेखि निरन्तर सरकारविरुद्ध आन्दोलन चर्काइरहेका छन् । संसदमा अविश्वसको प्रस्तावपछि उनले राजीनामा दिन बाध्य भएका थिए ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ४८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती