२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेपाल अमेरिकी सैन्य गठबन्धनमा सामेल हुनै सक्दैन : एमाले महासचिव पोखरेल



बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी सैन्य गठबन्धनमा सामेल गर्न खोजिएको बताए । पोखरेलले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारे । उनले भने, ‘नेपालको असंलग्न परराष्ट्र निति बिपरित अमेरिकी सैन्य रणनीतिमा देशलाई पुर्याएर गलत काम भैरहेको छ । कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन । असंलग्न परराष्ट्र नीतिको पक्षमा एमाले छ ।’ उनले नेपाल अमेरिकी सैन्य गठबन्धनको पक्षमा हुनै नसक्ने जिकिर गरे ।

महासचिव पोखरेलले मुलुकको राजनीतिक निकासका लागि गठबन्धन राजनीति ठिक नभएको जिकिर गरे । उनले काँग्रेसले विकास र समृद्धिलाई पन्छाएर सत्ता राजनीति मात्र गरेको आरोप लगाए । पोखरेलले भने, ‘मुलुक असाधारण संकटमा छ । रेमिटेन्स वैधबाटोबाट आउन छाडेको छ । बैंकमा नेपाली रकम छैन । बजारमा पनि छैन । लगानी गर्ने क्षमता बैंकले गुमाईसकेका छन् । नेपाली रकम कालो धनवालाको ढुकुटीमा थन्किएको छ । मुल्यबृद्धि एमालेका बेला ३।७ थियो अहिले ७ प्रतिशत भन्दा बढि छ । तर कांग्रेसको ध्यान सत्ता टिकाउनेमा मात्र छ ।’

पोखरेलले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारवाहीको सिफारिस स्वायत्त निर्णय भएको बताए । उनले यसबारे केन्द्रीय कमिटीले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे । पोखरेलले विष्णु पौडेलसँग सुमधुर सम्बन्ध रहेको दाबी गरे । उनले पौडेललाई कमजोर बनाएर पार्टी बलियो हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ४३ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा