२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

विमला वली प्रकरणबारे सरकारको धारणा नआए एमालेले लुम्बिनी प्रदेश सरकारलाई बजेट प्रस्तुत गर्न नदिने



बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले दाङमा गरेको अभद्र व्यवहार बारे सरकारको धारणा नआए नेकपा एमालेले आजको प्रदेशसभा चल्न नदिने निर्णय गरेको छ ।

दाङकी महिलामाथि गरेको अभद्र व्यवहारबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमाले संसदीय दलले निर्णय गरेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन् । मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित वलीकी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ ।

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सवैधानिक हिसाबले बजेट असार १ गते नै ल्याउनुपर्ने प्रावधानले सदन शुरु हुनासाथ विरोध जनाउने र आफ्नो कुरा राख्ने निर्णय गरेको छ ।

एमालेले फरक मत राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बजेट पेस गर्न दिने निर्णय भएको एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए ।

यता सरकारले भने एमालेले बजेट प्रस्तुत गर्न नदिने संकेत गरेसिँगै राज्यमन्त्री बिमलाको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०६ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी