२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

प्रदेश १ को बजेट : आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान



काठमाडौं । प्रदेश १ सरकारले आगमी आर्थिक बर्षमा ५.४ प्रतिशतले आर्थिक बृद्धीदर हुने प्रक्षेपण गरेको छ ।

प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले गत आर्थिक बर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक बृद्धीदर कायम हुने अनुमान गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ महामारीको असर क्रमशः न्यून हुन गएसँगै आर्थिक तथा सामाजिक गतिविधिहरु गतिशिल बन्दै गएको उल्लेख गर्दै मन्त्री आङबोले आमनागरिकको जनजीवन सहज बन्दै गएका कारण आर्थिक बृद्धीदर हुने अनुमान गरेका हुन् ।

‘उद्योग एवं व्यापार व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन, आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, निर्माण क्षेत्रले क्रमशः गति लिदै गएको छ भने उर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोका आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान छ,’ बजेटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन ७ खर्व ६३ अर्व रहने अनुमान छ, फलस्वरुप प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ४.३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा ५.४१ प्रतिशत पुग्ने अनुमान छ ।’ मन्त्री आङबोले चालु आर्थिक वर्षसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको पनि स्मरण गराएका हुन् ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : २९ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम