७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख (पूर्णपाठ सहित)



बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन् ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने बजेटमा अनुमान गरिएको छ ।

मन्त्री खड्काले वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेका छन् । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने बजेटमा प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रू ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रू १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट रू ७० करोड प्राप्त हुने बजेटमा अनुमान गरिएको छ भने संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट रू ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट रू ७३ करोड ९० लाख, विशेष अनुदानबाट रू ४८ करोड रू ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट रू ४ अर्ब रहने र आन्तरिक ऋणबाट रू १ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/06/बजेट-बक्तव्य-२०७८।७९-अन्तिम-२०७९।३।१-1.pdf” title=”बजेट बक्तव्य २०७८।७९ – अन्तिम २०७९।३।१ (1)”]

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ०६ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ