काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र आइएमई पेबीच पीटुपी (P2P) मनी ट्रान्सफरको लागि समझदारी भएको छ । समझदारीपछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।…