६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

राजदुतावासका अनुसार नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्र्तगत एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण गरिएको हो । दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुलबसहरु उपहारस्वरुप प्रदान गरेको हो । स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो । राजदुतावासले बताएअनुसार ती एम्बुलेन्सहरु शहीद गंगालाल हृदयरोग केन्द्र बाँसवारी र धुलिखेल अस्पताललाई दिइएको छ ।

आइएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित सानातथा ठुला व्यवसायिक गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै सेना प्रहरीका लागि प्रयोग हुने विशेष गाडीहरु पनिउपलब्ध गराउदै आएको छ ।

 

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ३ : १८ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय