बुटवल । जुम्ला सिंजाका पूर्ण प्रसाद आचार्य बुटवल र यस आसपासमा जुम्लाको राडी, काम्लो, गर्लैचा, ब्लेङ्केट, कोट आस्टकोट बोकेर हिंड्न थालेको १६ वर्ष बढी भयो । कालो कपाल भएकै बेला बुटवल सामन बेच्न झर्ने गरेका आचार्यको अहिले कपाल फुलेर सेताम्य बनिसकेको छ । कपाल फुलेपनि बिहानै देखि लौ गलैंचा आयो...काम्लो आयो....गलैंचा आयो .....भन्दै चिच्याउँदै हिंड्ने…