१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे…